ट्राफिक प्रहरीले ललितपुर सानेपाबाट बिहिवार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना चालकलाई पक्राउ गरेको छ।
चेक जाँचका क्रममा ट्राफिक प्रहरीले जनकपुर, विरगञ्ज र मलंगवा जाने रात्री बसका चालकले मादक पदार्थ सेवन(मापसे) गरी सवारी चलाएको फेला पारेको थियो।
पक्राउ पर्ने अन्य २ जना ट्रक चालक हुन। उनीहरुलाई सार्वजनिक मुद्दा लगाएर कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
चालु आर्थिक वर्षमा मापसे गरी सवारी चलाउने २ सय ३१ जना चालकलाई कारबाही भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।