केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ। लगातार परेका चाडपर्व र नजिकिएको १८औँ सार्क शिखर सम्मेलनका कारण रगत सङ्कलन हुन नसक्दा रगतको अभाव देखिएको केन्द्रीय रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ।
केन्द्रमा रगत अभाव भएपछि रगत लिन आउने सेवाग्राही मर्कामा परेका छन् । दुई÷तीन दिनसम्म रगत लिन केन्द्रमा धाउँदा समेत रगत अभाव भएको भन्दै रित्तो हात फर्किनुपरेको सेवाग्राहीको गुनासो छ ।
तर, नेपाल स्वयम्सेवी रक्तदाता समाजले भने रगत सङ्कलनको पारदर्शिता नभएकाले रगतको अभाव देखिएको बताएको छ । समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले रक्तदाता जुनसुकै समयमा पनि रगत दिन तयार रहेका कारण रगतको अभाव नभएको उल्लेख गरे।
एनले सङ्कलन भएको रगतको वितरण व्यवस्थापनमा केन्द्र सक्रिय नदेखिएकाले रगतको अभाव भएको जानकारी दिए। उनकाअनुसार केन्द्रमा रगतको व्यवस्थापन कमजोर भएकाले सङ्कलन भएको रगतसमेत खेर गइरहेको छ ।
केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले रक्तदाताहरुले चाडपर्वको अवसरमा आवश्यक रगत उपलब्ध नगराएका कारण अभाव भएको जिकिर गर्नुभयो । उहाँले रगत प्रशोधन गर्न धेरै समय लाग्ने र प्रशोधनमा ढिला हुँदा प्रत्येक दिन २०-३० युनिट रगत खेर जाने गरेको स्वीकार गरे। रासस