प्रहरीको इनकाउण्टरमा मारिएका गुण्डा नाईके चरीकी प्रेमिका भनिएकी खुश्बु ओली अहिले लण्डनमा छन्। प्रहरीले चरीको नाजायज कमाई खुश्बुसँग हुन सक्ने आशंकामा चरी र
खुश्बु परिवारको सम्पति छानबिन गरिरहेको बताइरहँदा उनी भने गोप्य तरिकाले लण्डन आएकी हुन्।
उनी साउथ ईस्ट लण्डनको ग्रीनवीच क्षेत्रमा बसिरहेकी छन्। गत महिना लण्डनको उलविचस्थित कैलाश रेस्टुरेन्टमा खाजा खाइरहेका बेला पत्रकारहरुसँग भएको जम्का भेटमा उनी खुलेर नबोलेको कुरा स्थानीय न्युज पोर्टल वी नेपालीले प्रकाशित गरेको खबरमा उल्लेख छ।
उनले तस्विर खिच्ने अनुरोध पनि नकारेकी थिइन्। समाचारका अनुसार आफ्नो संक्षिप्त प्रतिक्रियामा आफू भोलि नै नेपाल फर्किन लागेको र अहिले केहि नबोल्ने बताएकी थिइन। सो अवधिमा नियमित रुपमा उक्त रेस्टुरेन्टमा आईरहेकी उनी एकजना नयाँ केटासाथीसँग देखिएकी छन्।
त्यहाँ भेटिने नेपालीलाई भने आफ्नो सक्कली परिचय लुकाउँदै आफु खुश्बु नभएर बहिनी प्रिया हो भन्ने गरको कुरा रेस्टुरेण्ट्मा कार्यरत एक कामदारले बताए।