समाज परिवर्तनको मुख्य उद्देश्य लिएर समाज सेवामा लागेका युवाहरुले विगत चार महिनादेखि विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई अभियानलाई निरन्तरता दिएका छन्।
जाग युवा नामक युवा सञ्जालको आयोजनामा साउन १७ गतेबाट विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वले भरिपूर्ण चाँगु नारायण मन्दिर परिसर सरसफाई अभियान सुरु गरिएको हो।
युवाहरुलाई आफ्नो धार्मिक धरोहरहरुको संरक्षण र स्थानीयलाई सो क्षेत्रको संरक्षण र प्रबर्तन गर्न थप चेतना फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको सञ्जालका अध्यक्ष सन्तोष सिलवालले बताए।
परिवर्तन आफैबाट सुरु गरौ भन्ने नारालाई आत्मसाथ गर्दै युवाहरुलाई यस्ता धरोहरको संरक्षण र बिकासमा ध्यानाकृष्ट गराउन पनि यस अभियान निकै फलदायी हुने सञ्जालले दाबी गरेको छ।