प्रतिबन्धित भारतीय नोट १ लाख ४२ हजार भारुसहित रोल्पाका एक युवा शनिबार पक्राउ परेका छन्।
गैरीगाउँ–२ हम्पाका खड्क विक पक्राउ परेका हुन। प्रहरीले विकको साथबाट एक हजारको ६४ थान र पाँच सयको एक सय ५६ थान भारु नोट बरामद गरेको छ।
विकले शुक्रबार साँझ श्रीमतीलाई कुटपिट गरी घरबाट हिँडेका थिए। श्रीमतीले प्रहरीमा दिएको उजुरीका आधारमा विकलाई पश्चिम रोल्पाको नेर्पा बजारबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीद्धारा अनुसन्धान गर्ने क्रममा प्रतिवन्धित भारतीय नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिए। बरामद गरिएको रकम सहित विकलाई थप अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान विभाग ललितपुर पठाइने छ।