ललितपुरका तीन युवकलाई पौडी खेल्ने क्रममा त्रिशुलीले बगाएको छ।
ललितपुर नख्खीपोटका युवाहरु धादिङको मलेखुमा पिकनिक खान आएका बेला नदिमा पौडी खेल्ने क्रममा बगेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
साथीहरुसँग पौडीखेल्ने क्रममा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ बैपत्ता भएका हुन्। बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।