गत अप्रिलमा नाइजेरियाको उत्तरपूर्वी चिबोक शहरबाट अपरहणमा परेका २ सय १९ किशोरीको बिवाह गरिदिएको विद्रोही समूह बोको हरामले जनाएको छ।
समाचार संस्था एएफपीसँग कुरा गर्दै समूहका नेता अबुवाकर सेकाउले सबै किशोरीले मुस्लिम धर्म अँगालीसकेको बताए। 'तिनीहरुले अहिले कुरानका दुई अध्याय कण्ठस्थ पारीसकेका छन् र वैवाहिक जीवन बाँचिरहेका छन्,' उनले भने। यस अघि सो समूहले अपहरित किशोरीलाई बेच्नेे धम्की दिएको थियो।
नेता सेकाउले नाइजेरिया सरकारले बोको हरामले युद्धविराम गर्न सहमति गरेको भनी गलत प्रचार गरको पनि बताएका छन् ।