प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु विरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गरेका अष्ट्रेलियामा कार्यरत नेपाली डा. कुमुद धिताललाई बिहीबार दिउँसो टेलिफोन गरी बधाई दिएका छन्।
प्रधानमन्त्री कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भूत मानिएको यो सफलता नेपाली चिकित्सकको प्रयासमा प्राप्त हुनु समस्त नेपाली र सिंगो राष्ट्रकै गर्वको विषय भएको बताए। टेलिफोन बार्तामा प्रधानमन्त्री कोइरालाले उनको यस सफलताले मुटुको खराबीको कारण जीवन गुमाउन पर्ने अवस्थामा रहेका संसारभरका मानिसहरुमा पुनर्जीवनको आशा पलाएको बताए। प्रधानमन्त्रीले आउँदा दिनमा उनलाई थप सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।
यो पनि पढ्नुहोस्
अष्ट्रेलियाको सेन्ट भिसेन्ट अस्पताल र भिक्टर चा कार्डियाक रिसर्च इन्स्टिच्यूटको संयुक्त प्रयासमा मृत अर्थात धड्कन बन्द भएको मुटुलाई पुन सक्रिय पारी मेसिनमा राखेर विरामीमा प्रत्यारोपण गर्ने सफलता प्राप्त भएको थियो। डा.कुमुद धिताल अष्ट्रेलियाको सेन्ट भिसेन्ट अस्पतालमा मुटु प्रत्यारोपण विभागमा विशेषज्ञ शल्य चिकित्सक हुन्।
यो पनि