छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने बर्तालुको रानीपोखरीमा ठुलो भिड थियो।
छठ पर्वको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिन सयौं व्रतालु रानीपोखरीमा भेला भएका थिए।
व्रतालुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गर्ने गर्छन् र छठको व्रत लिएकाले नदी वा पोखरीका बीचमा उभिएर अर्घ दिने गर्छन ।
विशेष गरी तराई–मधेसमा पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाइन्छ ।
छठ पर्वको चौथो तथा अन्तिम दिन भोलि उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।