पाल्पाको झुम्सामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ।
दोभान गाविसको झुम्सा बजारमा बुटवलबाट पोखरा तर्फ जांदै गरेको लु. १ क. ७३० नंबरको निजी ट्रकले पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु. १० प. २०८४ नं. को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार स्थानीय दुई युवाको मृत्यु भएको हो।
दुर्घटनामा परि मोटरसाईकल चालक दोभान २ का वर्ष २१ का खेम गुरुङ र सोहि मोटरसाईकलमा सवार दोभान ४ का वर्ष १८ का पदम श्रेष्ठको मृत्यु भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाईते भएको उनीहरुको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाईकललाई ठक्कर दिने ट्रक र चालकलाई पाल्पा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।
तिहारको मुखैमा दुर्घटनामा परि दुई युवाहरुको मृत्यु भएपछि झुम्सा बजार शोकमग्न भएको छ।