वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।
विसं २०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परेकाले सोही डायरीबाट वाकु–३ रोचमका गोकुल राई र सविता राईको शव भएको पुष्टि भएको छ। शवको अवशेष केही भागमात्र भेटिएको छ।
काका भतिजी नाता पर्ने वाकु–३ रोचमका गोकुल राई र सविता राई गाउँबाट २०७० साल साउन महिनामा एकै समयमा हराएको र उनीहरुको डायरी तथा सुसाइट नोटसमेत भेटिएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीको ठहर छ। गाउँमा उनीहरु भागेको हल्ला भएको थियो।
सोताङबाट खटिएको प्रहरी टोलीले उनीहरुको सनाखत गरी आफन्तले शव पहिचान गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए। रासस