झापाको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट संयुक्त गस्ती टोलीले हरियो साल जातको रूख काट्दै गर्दा एक जना तस्करलाई पक्राउ गरेको छ। टोलीले झापा धरमपुर ८ का बिशाल लिम्बुलाई पक्राउ गरेको हो। अरू १२ जना फरार भएको रतुवामाई वृक्षारोपण आयोजनाले जनाएको छ।
तिहारको मौका छोपेर अर्थोपार्जनका लागि जंगल पसेका तस्करसँग गस्ती टोलीको मुठभेट समेत भएको थियो। आयोजनाको ५ नम्बर व्लकमा हिजो साँझ ६ बटा हरियो रुख तस्करले ढालेका थिए। जनपथ प्रहरी, शसस्त्र प्रहरी, रतुवामाई बृक्षारोपण आयोजना, सतासीधाम सामुदायिक बन र नेकपा-माओवादीको संयुत्त गस्ती टोलीले १६ थान गोलीया समेत बरामद गरेको रतुवामाई बृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले बताए।
गस्ती टोली ले १४ थान साईकल समेत बरामद गरेको छ। बरामद गरीएको साईकल र गोलिया आयोजनाले कव्जामा लिएको आयोजना प्रमुख गौतमले बताएका छन। सतासीधामको ९ नम्बरस्थित सो ब्लकमा केहिदिन यता रुखको तस्करी हुने गरको सुराक आयोजनाको बनमा आएको थियो। सतासीधाम सामुदायिक बनका अध्यक्ष गोपाल श्रेष्ठले भने २४ घण्टे बन सुरक्षा योजनाले तस्करले ती रूख लैजान पाएनन्।
घटनास्थल केही पूर्वआयोजनाका दूई बन हेरालु पनि थिए। एकै छिनमा तस्करले रूख ढल्न थालेपनि तस्करका सामु हामी निशस्त्र चौकीदार जान सकेनौ, आयोजनाका बन हेरालु कृष्ण पौडेलले भने,'हामीले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोग लिनुको बिकल्प थिएन।'
तस्करहरु जंगलमा पस्दा भाला, खुकुरी, चुप्पी लगायतका घरेलु हतियारसहित बन्दुक पेस्तोल लिएर जान्छन, उनले भने हामी उनीहरुका सामु जाने बित्तिकै खेदाई खेदाई आक्रमण गर्छन्। सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेराहाले पछि उनीहरु उम्केका थिए।
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायब निरीक्षक नारायण योगी, सामुदायिक बनका अध्यक्ष गोपाल कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक उत्तम श्रेष्ठ, आयोजनाका कृष्ण पौडेल, नेकपा माओवादीका ख्याम बुढाथोकी नेतृत्वको टोलीले सो काठ बरामद भएको हो।