फूलैफूलको तिहारमा यस वर्षसयपत्री र मखमली फूलको हाहाकार मच्चिएको छ।
पहिला ढकमक फुल्ने ती फूल अहिले लोप हुने अवस्थामा पुगेको छ। सराङडाँडा–५ की ओममाया पाण्डेले भने, “पहिले आफूलाई प्रयोग गर्न पुर्याएर पनि गाउँका अन्यलाई बाँडिन्थ्यो तर यस पालिको तिहारमा भने सयपत्री र मखमली फूलको अभावमा उल्टै बजारबाट किनेर ल्याउनुपर्यो।
फूलको अभाव भएपछि अहिले बजारमा प्लास्टिकको फूल किन्न ग्राहकको भिड लागेको छ। सदरमुकाम फिदिम बजारमा रहेको राज कस्मेटिक पसलबाट मात्रै घर सिँगार्न र भाइटीकाका लागि भनेर दिनमा रु ३० हजारभन्दा बढीको फूल बिक्री हुने गरेको छ। जिल्लामा कमै मात्र फूल आयात भएकाले पनि मखमली र सयपत्री फूलको अभाव भएको व्यवसायीले बताएका छन्। रासस