हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन पोखरामा धुमधामका साथ कुकुर पूजा गरिएको छ। पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराले प्रहरी अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुलाई विशेष कार्यक्रम गरी पूजाआजाका साथ मिठा–मिठा खानेकुराहरु दिएर आफ्नो काम प्रति ईमान्दार हुन पनि आर्शिवाद दिएका छन्।
मालिकप्रति वफादारको रूपमा रहँदै आएको कुकुरको प्रयोग गरेर प्रहरी अनुसन्धानमा अपराधी समाउनको लागि मानिसको भन्दा पनि ठूलो भूमिका निर्वाह गरेका सात वटा कुकुरलाई विधिगत रुपमा पूजा गरिएको हो। पूजाआजा पछि कुकुरलाई थप ईमान्दार बनाउने परेड समेत खेलाईएको थियो। पछिल्लो समय नेपाल प्रहरीले अनुसन्धानमा सजिलो होस् भनि कुकुरलाई तालिम दिएर राख्दै आएको छ।
कुकुरलाई घट्ना घटेको ठाँउबाट लगे पछि सुग्ने शक्ति मार्फत अपराधीहरु प्रक्रन मद्दत गर्दै आएको छ। कुकुरको मद्दतले भि.आई.पि. को सुरक्षा, विस्पोटक पदार्थ, लागू औषध लगायतका घटनामा अनुसन्धान गर्न समेत प्रहरीलाई सजिलो हुँदै आएको प्रहरीले जनाएको छ ।