सोलुखुम्बुको खुम्जुङ ७ मा हिमाल आरोहण गर्न आएका एक रसियन नागरिकको लडेर मृत्यु भएको छ। खुम्जुङस्थित आमाडबलम हिमाल आरोहण गर्न आएका ४३ वर्षिय रसियन नागरीक : मुपाड आसुर्ले (पासपोर्ट नम्बर ५३०६८७४७९) को मृत्यू भएको हो।
मंगलवार बिहान करिब ९ बजे हिमाल आरोहण गरी फर्कने क्रममा लडेर घटना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका अनुसार घटनाको जानकारी अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय नाम्चेमा प्राप्त भएको थियो।