महोत्तरीको बर्दिबासबाट प्रहरीले सोमबार राति सेतो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ। बर्दिबास २ बाट प्रहरीले करिब २३ ग्राम सेतो हेरोईन सहित बर्दिबासकै दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दिबास २ का दीपक साह र बर्दिबास ४ का रुपक भूजेल रहेका छन्। सुराकीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले रोकिराखेको ना २ ख ७२४१ नम्बरको महेन्द्रा पिकअप भ्यानबाट ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पठाईएको छ भने प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ।