पर्सा प्रहरीले ४ किलो सुनसहित एक युवकलाई मगंलबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले काठमाडौंबाट बसमा आएका युवकलाई चेकजाच गर्नेक्रममा सुनको चारबटा बिस्कुट बरामद गरेको हो।
वीरगन्ज उप-महानगरपालिका १९ बस्ने आनन्द मिश्राको छोरा बाजपेयी मिश्रालाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद भएकोसहित बाजपेयी मिश्रालाई आवश्यक कारबाहीको लागि मध्यमाञ्चल क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।