नेपाली सेनाद्धारा हिमपातका कारण फसेका थप दुई नेपाली पदयात्रीको शव फेला पारेको छ। मुस्ताङ्ग जिल्लामा खटिएको नेपाली सेनाको टोलीले जिल्लाको थोराङपास ईलाकाबाट २ नेपाली नागरिकको शव उद्धार गरी जोमसोम ल्याएको नेपाली सेनाले जनाएको छ।
त्यसैगरी मनाङ्ग जिल्लाको फु गा.वि.स. तथा डोल्पा जिल्लाको साङतापास आसपासका ईलाकामा हराएकाहरुको खोजी कार्य जारी राखेकोे सेनाले जनाएको छ। साथै, नेपाली सेनाले हराएका पदयात्रीहरुको खोज तथा उद्धार कार्यलाई असोज २८ गतेदेखि जारी राखेको तथा भोलि पनि उद्धार कार्य जारी रहने जनाएको छ।