एकसाता अघिको हुदहुद आाधिका कारण भएको वर्षा र हुरीले फुल्नै लागेको फूलको कोपिलामा क्षति पुर्याएपछि पहाडी जिल्ला म्याग्दीमा तिहारको समयमा फूलको अभाव भएको छ।
शारदीय सौन्दर्यको प्रतिविम्ब र तिहारमा अति आवश्यक मानिने फूल, कोपिलामै झरेका कारण फूलको अभावमा यस वर्षको तिहार खल्लो हुने स्थानीयले बताएका छन्।
'विगतका वर्षहरुको तुलनामा यस वर्ष दशैं तिहार केहीअघि परेका कारण सबै ठाउामा फूल पनि फुलिसकेको थिएन,त्यसमाथि झन वर्षा र हुरीले फूलका बोट भााचिदिनुका साथै फुल्नै लागेको कोपिला पनि झारीदिएपछि फूलको अभाब देखिएको हो', बेनी नगरपालिका ४ का भीमवहादुर रिजालले बताए।
म्याग्दीमा मखमली,सयपत्री,बाह्रमासे,थुङ्गे लगाएतका जातका फूलहरु प्रशस्त मात्रामा पाइने भएपनि यस वर्ष ढिलोगरी सुरुभएको मनसुन वर्षा र हालैको हुदहुद आधीका कारण कमै मात्रमा फूल फूलेको विमिराबोटका नारायण शर्माले बताए।
'जाताहेरेपनि फूलैफूल देखिनुपर्ने यो समयमा अहिले विरलै मात्रमा फूल फूलेको देख्न पाइन्छ' भकिम्लीका टेकवहादुर थापा मगरले भन्नुभयो 'फूल नपाइएपछि दिदीबहिनीहरुले दाजुभाइलाई लगाइदिन केके माला बनाउने होला भन्ने चिन्ता त छ नै,गाउँको सुन्दरता समेत हराएजस्तो भएको छ।'
घरवरपरको आफ्नो जग्गामा फाट्टफुट्ट थुङ्गेफूल फूलेका भएपनि त्यसले मुस्किलले २/३ वटा माला मात्र वन्ने र अरु कामका लागि फूलको अभाब हुने ज्यामरुककोटकी सीता सुवेदीले बताइन्।
फूलको अभाव भएपछि तिहारको मुखमा चेलीबेटीहरु निराश भएका स्थानीय बासिन्दाहरुले बताए।