छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी कानुनी कारबाही माग गर्दै अनसनमा बसेकी उनकी आमा गंगामाया अधिकारीले शनिबारराति अनसन तोडेकी छिन्।
सरकारले उनलाई राती ९ बजेर २० मिनेटमा अनसन तोडाएको हो। अनसन तोडाउन कानुनमन्त्री नरहरी आर्चाय वीर अस्पताल पुगेका थिए । कानुनमन्त्री नरहरी आचार्यले जीवनजल खुवाएर
अनसन तोडाएका हुन । सरकारसंग ५ बुदे सहमति भएको छ।
गंगामायाले हर्लिक्स, ग्लुकोज र पियपदार्थ मात्र खाने बताएकी छिन्।
आफ्ना माग पुरा नभएसम्म अन्य खानेकुरा नखाने गंगामायाले सरकारसमक्ष बताएको मानवअधिकारकर्मी रसना ढकालले सेतोपाटीलाई जानकारी दिइन। ढकालले लामो समयदेखि अधिकारी दम्पत्तीको रेखदेख गर्दै आएकी छिन् ।
माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ सालमा हत्या गरेको भन्दै हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै झण्डै ३ सय दिन देखि उनी अनसनमा थिईन। उनका पति नन्दप्रसाद अधिकारीको ३ साताअघि अस्पतालमा अनसनकै क्रममा निधन भएको थियो।
मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलका अनुसार गंगामाया झोल पदार्थ मात्र खान तयार भएकी हुन् । प्राण जोगाएर छोराका हत्यारालाई कारबाही गराउने संघर्ष गर्छु, प्याकुरेलले भने।