दशैं आसपास भएका डोटी छतिवन लगायत दर्जन दुर्घटनाको घाउँमा खाटा बस्न नपाउँदै सोमवार साँझ राजधानीको ववरमहलमा अर्को डरलाग्दो दुर्घटना भएको छ। काठमाडौंको व्यस्त बबरमहलको आठ लेन सडकमा चालकको लापरबाहीले तत्कालै तीन जनाले ज्यान गुमाए। घाइेतहरुको सिभिल, वीर, टिचिङ लगायत सरकारी अस्पतालमा उपचार भइरहेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआइजी केशव अधिकारीका अनुसार सिडिओ कार्यलयको गल्लीबाट निस्केको मोटरसाइकलले बाटो काट्न लाग्दा धुलिखेलबाट आइरहेको बा १ ख ८६७६ नम्बरको बसले झ्याम्मै ब्रेक लगाउनुप¥यो। तिब्र गतीमा रहेको बस मोटरसाइकललाई ठक्कर दिँर्दै पल्टियो। सामान्य स्पिडमा भए बस टक्क रोकिन्थ्यो। मोटरसाइकल पनि जागिन्थ्यो। बस पनि पल्टिदैनथ्यो।
बस पल्टिदा चारवटा मोटरसाइकललाई ठक्कर दियो। प्रहरीका शव्दमा ‘दुर्घटनाको भयावह दृश्यको तुलनामा धन्न मानवीय क्षती कम भएको छ।’
व्यस्त सडकमा संसाझै गाडीले नियन्त्रण नै गुमाउने ‘स्पिड’मा कुदाउन कसरि सम्भव भयो भनेर अधिकारी अचम्भित छन्। दुर्घटना हनेबित्तिकै फरार चालक चन्द्रबहादुर तामाङ्लाई बौद्व प्रहरीले मंगलवार बिहान ९.३० बजे नियन्त्रणमा लिएको छ।
प्रहरीको विस्ततृ अनुसन्धान जारी छ।
यो घटना उपत्यकाका अरु असी प्रतिशत दुर्घटना जस्तै चालककै लापरवाहीले भएको निश्कर्ष निस्कने पक्कापक्की जस्तै छ। प्रहरीका अनुसार बसका चालक र मोटरसाइकल चालक दुवै दोषी छन्।
तीस भन्दा बढि यात्रुको ज्यान गएको छतिवन वा दशैंको आसपासमा अरु दुर्घटना पनि काबु बाहिरको कारणले भएको थिएन। यसमा चालक, बस मालिक, यातायात कार्यालय, प्रहरी प्रशासन, व्यवसायी, यात्रु, बटुवा, पशुपालक, किसान कोहि न कोहि दोषी देखिन्छन्।
छतिवन, बबरमहल जस्ता सातो जाने दुर्घटनाका बेला एकदुई दिन चर्चा भएपनि सरक्षीत सडकका अघिपछि इमान्दार प्रयास कमै भएको देखिन्छ। भलै अरु निकायको तुलनामा बेलाबखत प्रहरी भने सक्रिय भएको देखिन्छ।
सडक दुर्घटनामा बर्सेनी सयौंले ज्यान गुमाउँछन्, हज्जारौं घाइते हुन्छन्, करोडौंको भौतिक क्षती हुन्छ। यो लेख तयार पादापार्दै पृथ्वी राजमार्ग चितवनको दारेचोकमा ट्रक र कार जुँधेर तीनजनाको मृत्यु भएको खबर आइसक्यो। तैपनि सवारी सुुरक्षा सुधार्नेतर्फ गम्भिर ध्यान दिइदैन।
सडक सुरक्षित बनाउन निम्न सुधार अपरिहार्य छः
ड्राइभर नै सर्वोसर्वा
श्रम तथा यातायात मन्त्रालयले २०६४ सालमा दुर्घटनाका कारण र न्यूनीकरणका उपाय पहिचान गर्न एउटा अध्ययन समिति बनायो। ‘९० प्रतिशत दुर्घटना चालकको लापरवाहीले हुन्छ,’ समितिले ठोकुवा ग¥यो। त्यो उच्चस्तरीय समिति सदस्य एवं हाल वाणिज्य मन्त्रालयका सहसचिव दीपक सुवेदीका अनुसार दुर्घटना लगत्तै प्रहरीले बनाउने मुचुल्काको केलाएर समिति यो ठहरमा पुगेको हो।
दुर्घटनाका अन्य कारण तिब्र गति (ओभर स्पिड), अधिक यात्रु (ओभर लोड), मापसे, मोटर अवस्था (कन्डिसन) लगायत छन्। यी सबै कमजोरीको प्रमुख कर्ता चालक पनि हुन्छ। त्यसैले ड्राइभरले पेशागत धर्म नछाड्ने हो भने ९५ दुर्घटना कम हुन्छ।
समितिले रोग पत्ता लगायो। तर त्यसको कार्यान्वयन खासै प्राथमिकतामा परेन।
आफ्ना कार्यकर्तालाई अध्यक्ष, सदस्य बनाएर काम दिने सरकारको ध्येय पुरा भयो। दर्जनौं विषयका सयौं प्रतिवेदन जस्तै यो पनि थन्कियो। दुर्घटनाको दुश्चक्र पूर्ववत चलिरह्यो। चाडबाड नै खल्लो बनाउने गरि यात्रुबाह बस, माइक्रोबस, जीप ठोक्किने क्रम पनि घटेन। झाडापखाला लाग्दा जीवनजल खानुपर्छ भन्ने जानेर पनि पानीको थोपै मुखमा नहाल्ने आत्मघाती काम भयो।
चालकका कारणले हुने दुर्घटना कम गर्न यो पेशालाई सम्मानित बनाउन जरुरी छ। ड्राइभर पुरापुरा दक्ष पेशा हो। शारिरिक मात्र हैन मानसिक हिसाबले पनि असाध्यै स्वस्थ नभएको व्यक्ति चालिस÷पचास जना पेसेन्जर बोकेर हिमाल, पहाड, तराई गर्न सक्दैन। चालकको एकाग्रता केहि सेकेण्ड भंग भयो भने ठूलो दुर्घटना हुन्छ। बरु पाइलटलाई यस्तो दबाब हुन्न।
यस्तो महत्वपूर्ण पेशाकीर्मीलाई परिवार, टोल, समाज वा यात्रुले पनि उचित इज्जत दिएको देखिदैन।
रातभरि आँखा झिमिक्क नपारी पाँच÷सात सय किलोमिटर मोटर हुँइकाउँनु ठट्टा हैन। त्यसमाथि अलि कच्चा उमेरकाले ‘स्पिड’को प्रतिष्पर्धा गर्छन्। विशेषगरि जताततैको माइक्रो बस र कोशी पूर्व तथा राप्ती पश्चिम चल्ने ठूला बस पनि ‘ओभर स्पिड’मा देखिन्छन्।
जबकी कानूनले एउटा चालकलाई २५० किलोमिटर वा ६ घन्टा बढि समय गाडी कुदाउन रोक लगाएको छ। त्यो भन्दा लामो यात्रा तय गर्नुपर्ने भए अर्को ड्राइभरलाई स्टेरिङ जिम्मा लगाउनुपर्छ।
हाम्रोमा ड्राइभर हुन औपचारिक शिक्षाको आवाश्यकता छैन। वाइस÷चौंवीस वर्षका अल्लारे केटाको संख्या पनि उल्लेख्य छ। परिपक्वताको अभावले उनीहरुमा आफ्नो, यात्रु र बटुवाको अमूल्य जीवनप्रति संवेदनसिलता कम देखिन्छ।
त्यसैले त पोखरा, नारायणगढको माइक्रो हाक्ने ठीटा ड्राइभर आपसमा गफिएको मैले नै कतिपटक सुनेको छु, ‘कलंकीबाट चार घन्टामा पोखरा रकेट हानिन्छ ब्रो, की पुगिन्छ की त्रिशुलीमा हाम फालिन्छ।’
हाइवेमा ड्राइभिङ्को समयममा मोबाइल उठाउने, फोन गर्ने पनि दुर्घटनाको प्रमुख कारण भइरहेको छ। यसमा पनि ड्राइभरहरु सचेत हुन जरुरी छ।
ड्राइभरको पेशा अपरेसन थिएटरमा मुटु वा दिमाग चिर्न बसेको डाक्टरको भन्दा पनि संवेदनसिल हुन्छ। भगवान कोइरालाले एकपटकमा एउटा विरामीको जोखिम लिएर काम गर्छन्। ड्राइभरको हत्केलामा पचासौं जना स्वस्थ मानिसको जीवन हुन्छ। ड्राइभर सम्मानित र डाक्टरको जत्तिकै संवेदनसिल पेशा हो भन्ने बुझाउन अब ढीलो गर्नुहुन्न। उनीहरुलाई उचित्र पारिश्रमीकको ग्यारेन्टी पनि गरिनुपर्छ।
यो पनि हेर्नुहोस्-
कठोर लाइसेन्स परिक्षा र परिपक्व चालक
कुनै व्यक्ति सवारी हाँक्न उपयुक्त छ, छैन भन्ने निर्णय सरकारको हो। ड्राइभरको शारिरिक, मानसिक र मनोवैज्ञानिक परिक्षण हुन जरुरी छ। अरु आनिबानी, आहारब्याहार पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
हाम्रोमा इमान्दारीपूवृक लाइसेन्स लिनेको पनि स्वास्थ्य परिक्षणको चलन छैन। यातायात कार्यालय अगाडि देखिने यस्ता तुल या साइनबार्डहरु नै त्यसका ज्वलन्त प्रमाण हो, ‘यहाँ दुई सय रुपैयाँमा मेडिकल सर्टिफिकेट दिइन्छ।’
दुर्घटनाको तथ्यले किशोर चालबाट बढि दुर्घटना भएको देखिन्छ। यातायात ऐनको संशोधनका क्रममा यसमा सुधार हुन आवश्यक छ। अहिले २१ वर्षकै उमेरमा हेभि गाडिको लाइसेन्स पाइन्छ। त्यसलाई कम्तीमा २५ बनाउन जरुरी छ।
व्यवहारिक हिसावले पनि २५ वर्ष आसपास धेरैको बिहे भइसकेका हुन्छन्। यसले सुरक्षा सतर्कताका लागि चालक आफै सचेत हुन्छ। विकसित मुलुकमा जस्तै प्राइभेट सवारी साधन चलाउने ड्राइभर र व्यवसायीक ड्राइभरको लाइसेन्स छुट्ट्याउन जरुरी भइसकेको छ। व्यवसायीक ड्राइभरले कम्तीमा वर्षमा एकपटक उपयुक्तता परिक्षा पास गर्नुपर्ने व्यवस्था जरुरी छ।
कर्मकाण्डी जाँचपासको अन्त्य
हवाई जहाजको सी चेक भनेजस्तै भाडाको बस, ट्रक, कार, जीपको छ÷छ महिनामा जाँचपास गर्नुपर्ने नियम छ। कागजमा त्यसको कार्यान्वयन पनि दुरुस्त छ। तर व्यवहारमा केहि हजार रुपैयाँ घुस दिएपछि जस्तोसुकै मोटरको पनि जाँचपास हात लाग्छ।
कुनै पनि सवारी साधन प्राविधिक रुपमा सुरक्षित यात्रा गर्न सक्ने हालतमा छ÷छैन भनेर प्राविधिक परिक्षण आवश्यक हुन्छ। यातायता कार्यालयका प्राविधिकले सवारीको अवस्था सही देखेपछि मात्र जाँचपास दिनुपर्ने हो। अर्को शव्दामा यो सवारी साधनको नियमित स्वास्थ्य परिक्षण हो।
भौतिक योजना तथा यातायात सचिव तुलसी सिटौलाले नै जाँचपास औपचारिकता मात्र भएको बताएका छन्। छ÷छ महिनामा जाँचपास लिएको सवारी साधनले तोकिएको संख्यामा मात्र यात्रु ओसा¥यो भने प्राविधिक गडबडीका कारण पनि दुर्घटना असम्भवप्रायः हुन्छ।
वैज्ञानिक रुट पर्मिट
हाम्रो स्मृतीमा लामो समयसम्म ताजा रहनेगरि भएका सिन्धुली, अर्घाखाँची, प्यूठान, छतिवन सबै दुर्घटना सरकारले सवारी हाक्न अनुमति नै नदिएको सडकमा भएको छ। कुनै पनि सडक सवारीका लागि योग्य छ या छैन भन्ने विषय गाउँको सर्वदलीय संयन्त्रका नेताले लहडमा निर्णय लिने विषय हैन। उकालोओरालो, मोड, जोल्ठिङ् लगायत सडकको इञ्जिनियरिङ् हेरेर विज्ञले निर्णय लिने विषय हो। त्यसैले रुट पर्मिट नलिई सवारी चलाउनु कानूनी रुपमा दण्डनीय हो।
तर हाम्रोमा विशेषगरि पहाडी भेगमा आफूखुशि बनाइएका धुले सडकमा मनपरि ढंगले थोत्रा बस, ट्रक, जीप चल्ने गरेका छन्। यो पनि दुर्घटनाको एउटा कारण हो। यस्तो बदमासी लुकाईछिपाई हुँदैन। आधिकारिक रुपमा पर्मिट नभएपनि यसको नियमन गर्न बसेका सिडिओ, एलडिओ, प्रहरी, सडक कार्यालयहरुलाई ‘रिझाएर’ मात्र यो सम्भव छ।
सडक अतिक्रमणले अनिष्ट
ठूला दुर्घटनाको अर्को कारण सडक अतिक्रमण पनि हो। राजमार्गमा बजारबजारै भएको देश संसारमा बिरलै होला। राजमार्ग अतिक्रमण गरेर घर, टहरा, छाप्रो हालेर व्यापार गर्ने पनि हज्जारौं छन्। तीनका केटाकेटी र वस्तुभाउ फुत्त सडकमा आइदिँदा वारम्वार दुर्घटना हुने गरेको छ। राजमार्गमा छाडा गाईवस्तु पनि उत्तिकै हुन्छन्।
स्पिड नपुर्याए गन्तव्यमा नपुगिने, अलिकति एक्सिलेटर दाब्दा दुर्घटनाको शिकार हुनुपर्ने अप्ठेरो स्थिती छ। सडक किनारलाई ढुंगागिट्टि, काठ, दाउरा र अन्य निर्माण सामाग्रीको गोदाम पनि बनाइएको छ। यसले एकातिर सडक साँघुरो बनाउँछ अर्कोतिर ‘भिजिबिलिटी’कम हुन्छ।
यात्रु चढाउन र ओराल्न रोक्ने सवारी साधनले पनि सडक नियमको मर्यादा राखेको देखिदैन।उपत्यकामा यो रोग असाध्यै छ। पेसेन्जर भेट्टाएपछि बिच सडकमै रोकेर चढाउने, ओराल्ने चलन छ। सडक क्षेत्रभित्रै खुलेका ठूला भात होटल वरिपरि हुने आउजाउले पनि दुर्घटना निम्त्याइरहेको छ।
नाम वा दामका लागि मात्र सरकारी अनुगमन
डोटी दुर्घटनापछि प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति। त्यसमा शोक र श्रद्वाञ्जलीको औपचारिकता मात्र थिएन। भविष्यमा यस्तो दुखदायी घटना हुन नदिन संवन्धित निकायहरुलाई शिष्ट भाषमा सतर्क गराइएको थियो।
प्रधानमन्त्रीले चासोलाई संवोधन गर्दै धादिङ प्रहरीले दुर्घटना कम गर्नका लागि दुई÷चार दिन कार्यक्रम ग¥यो। एक मिनेट मोटर रोकेर चेकजाँच र ड्राइभरालाई सचेत तुल्याए। हात बाँधेर बस्नुभन्दा दुईचार दिनको सक्रियता पनि राम्रो हो। तर सडक सुरक्षीत राख्न सरकारका सरोकारवाला निकायको काम कारबाही प्रभावकारी हुन जरुरी छ। लाइसेन्स, मोटर दर्ता, रुट पर्मिट, जाँचपास, ड्राइभरको अवस्था जस्ता विषयमा तत्तत् निकाय इमान्दार भइदिने हो भने अहिलेकै सडक,
अहिलेकै बस हुँदा पनि यात्र सुरक्षीत हुन्छ। अनुगमनको अधिकारलाई आर्जनको माध्यम बनाउने परिपाटी यथावत रह्यो भने बबरमहलको जस्तो कहालीलाग्दो दुर्घटना सिंहदरवारकै मूलगेटमा भएपनि कोहि सुध्रिनेवाला छैन।
नाफाखोर व्यवसायी
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सार्वजनिक सवारीको क्षेत्र मुलुकको प्रमुख उद्योग हो। उनको दावी अनुसार यो क्षेत्रले १५ लाख रोजगारी दिइरहेको छ। तीन खर्वको लगानी छ। यस्तो दावी गरिरहँदा पनि उनीहरु सुरक्षीत यात्राको लागि आवश्यक शर्त पालना गर्नेमा भने पुरापुर तत्पर देखिदैनन्।
लामो दूरीमा ६ घन्टामा ड्राइभर फेर्न आनाकानी गर्छन्। पर्मिट नभएको रुटमा पनि गाडि हाल्न लगाउँछन्। ओभर लोड गर्न दवाव दिन्छन्। जोखिम जति वीमा कम्पनी वा व्यवसायी संघ (सिण्डिकेट) ले बोकिदिने भएकाले कतिपय मालिकको प्राथमिकता सुरक्षीत÷सुविधाजनक यात्रा भन्दा पनि जसरि हुन्छ धेरे कमाउनु हुन्छ। दुर्घटनामा परेको ड्राइभरको परिवार, मुद्दा मामिला, क्षतिपूर्ती सबै संघले बेहोरिदिन्छ।
संविधान सभाको निर्वाचन बिथोल्न वैद्य माओवादीले बन्द गरेको थियो ,। चन्द्रनिगाहापुरका मालिकले बाराको सीमरामा मकैको लोड पाए। निजगढमा थन्काएको ट्रक ड्राइभरलाई चलाउन लगाए। ‘बन्द’ भनेर हच्किएका ड्राइभरलाई सुख दिएनन्। माल लिएर आउँदा निजगढ पुग्नुअघिको जैगलमा माओवादीले पेट्रोल बम हाने। विचरा ड्राइभरको ज्यान गयो। खरानी भएको ट्रकको मोल त वीमाले दियो। ड्राइभरका छोराछोरीले त्यसपछि ‘बाबा’ भन्न पाएनन्। श्रमिती एक्ली भइन्।
बन्द मात्र हैन अघिपछि पनि कण्डिसन राम्रो नभएको गाडि कुदाउन धेरैजसो मालिकले ड्राइभरलाई दबाब दिइरहेका हुन्छन्। ड्राइभरलाई दिने सहुलियत, गाडिको कण्डिसन, यात्रुको सुविधामा कम ध्यान दिन्छन् जसले छतीवनजसतै दुर्घटना निम्त्याउँछ।
उनीहरु भने सरकारलाई नै दोष थोपर्छन्। सरकारले दुर्घटनाको कारणको पहिचान नै नगरेको बताउँछन्। सडकको अवस्थालाई गाली गर्छन्। हाइवेमा किसानको बाली पसार्नेदेखि चौपाया, बटुवाले हैराने पारेको बताउँछन्। सरकारी नियमहरुलाई असान्दर्भिक भन्छन्।
‘हवाईजहाजमा दुई जना मरे भने लाखौं खर्चेर अनुसन्धान हुन्छ,’ सिटौला भन्छन्, ‘बसमा चालिस जना मरे पनि कसैलाई मतलब छैन।’
अन्त्यमा, सडक सुरक्षीत राख्न सरकारी निकाय जाँगरीलो र इमानी हुनुपर्छ। व्यवसायीले पनि ड्राइभरलाई आफ्नो सारथी र यात्रुलाई इश्वर मान्नसक्नुपर्छ। नत्र अनाहकमा मान्छेको ज्यान जाने सिलसिला चलिरहन्छ।