लागू पदार्थसहित बैंककमा शुक्रबार समातिएका पूर्वयुवराज पारस शाह पनि आफूजस्तै अल्कोहलिजमको सिकार भएको आफूले राजा ज्ञानेन्द्रलाई बताएको पत्रकार विजयकुमार पाण्डेले उल्लेख गरेका छन्।
लामो समयदेखि बैंककमा बस्दै आएका पारस शाह केही महिनाअघि हृदयाघातले कोमामा गएका थिए। त्यसबेला लागूपदार्थ र मदिरा सेवनले उनको स्वास्थ्यमा धेरै असर गरेको चिकित्सकहरुले बताएका थिए।
पारसबारे विजयकुमारले उनको भर्खरै प्रकाशित संस्मरण पुस्तक 'खुसी'मा लेखेका छन्-
'त्यस भेटमा राजासँग उनका छोरा पारसको अनियन्त्रित मापसे बानी विषयमा प्रसङ्ग उठाएको थिएँ। मैले राजालाई उनको छोरा पनि म जस्तै अल्कोहलिजमको रोगी भएको र त्यसको उपचार गर्न सकिने बताएँ। राजाले कुनै प्रतिक्रिया जनाएनन्।'