कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेपछि हेर्नेको घुइँचो लाग्न थालेको छ।
दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन छ। जग्गुराम चौधरीले बताउनुभयो ।
सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाएर मादलुको तालमा गीत गाएर नाच्ने गर्दछन् भने युवाले सेतो सर्ट र सेतो रङ्गको धोती लगाउने गर्दछन् ।
थारु युवतीले अरु बेला सेतो फरिया लगाउने प्रचलन नभए पनि यो नाचमा भने सेतो फरिया लगाउँछन्। विवाह हुँदा दुलहीलाई लगाइने सेतो फरिया नै सखियाको नाचमा प्रयोग हुने गरेको स्थानीय जग्गुरामचौधरीले बताए।
सखिया नाचमा कृष्णलीलामा आधारित गीत गाइने गरेको बताउँदै स्थानीय मुकेश चौधरीले भने – कृष्ण भगवानको जीवन कथामा आधारित गीत नसकिसम्म नाच सकिँदैन। यो नाच राति हुन्छ।
गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखी रहेको थारु अगुवाको भनाइ छ। सखिया नाचले थारु गाउँको एकताको भावना प्रकट हुने गरेको बताइन्छ।
यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर नदीबाट ल्याएको माछा र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको छ। रासस