जिल्ला प्रशासन कार्यालय मोरङले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २० जना जुवाडेलाई प्रतिव्यक्ति एक हजार जरिवाना गरी रिहा गरेको छ।
सो कार्यालयबाट बुधवार प्राप्त जानकारी अनुसार लेटाङ गाविस–६ स्थित होटल दर्शनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ती जुवाडेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएकोमा उनीहरुलाई प्रतिव्यक्ति रु एक हजार जरिवाना गरिएको हो।
जुवामा बरामद गरिएको नगद ९७ हजार राजस्वमा दाखिला गरेको प्रहरीले जनाएको छ । रासस