दुवै हात नभएको बच्चा जन्मिएपछि कुन अभिभावकको मन नपोल्ला र? हो, यस्तै भएको छ स्थानीय कटहरिया गाविस– ९ बस्ने ठाकुर परिवारलाई।
स्थानीय लालबाबु ठाकुर लोहारको परिवार दुवै हात नभएको छोरा जन्मिएपछि यतिखेर समस्यामा परेको छ।
नवजात शिशुलाई उपचारका लागि कहाँ लैजाने भन्नेबारेमा पनि ठाकुर परिवार अन्योलमा परेको छ।
गत असोज २ गते बाबु लालबाबु ठाकुर र आमा गीता देवीको चौथो सन्तानको रुपमा घरमै जन्मिएको शिशुको दुवै हात छैनन्। जन्मिँदै करिब चार किलो वजन रहेको शिशुको अन्य सबै अङ्ग भने सामान्य छन्।
जिल्ला अस्पताल गौरका डाक्टर राजकिशोर पण्डित शरीरको सबै अङ्गको विकास हुनु र हातमात्र नहुनुमा कुनै विशेÈ कारण हुनसक्ने बताउछन्। गर्भावस्थामा आमाद्वारा कुनै विशेÈ प्रकारको औÈधिको प्रयोग पनि एउटा कारण हुनसक्ने उनको भनाइ छ ।
गाउ“मा फर्निचरको काम गरी जीविकोपार्जन गर्दै आएका ठाकुर परिवार कहीँ कतैबाट अपाङ्ग बच्चाको उपचार होला कि भन्ने सहयोगको अपेक्षामा बसेका छन्। रासस