चितवनस्थित नारायणी नदीमा डुबेर दुई दिनदेखि बेपत्ता भएका दुई किशोरको शव मङ्गलबार साँझ फेला परेको छ ।
यही असोज १२ गते पौडी खेल्दै गर्दा नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव डुबेकै स्थानमा पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।
उनीहरुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको गैँडाकोटका प्रहरी जवान खगेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार केही मिटरको फरकमा दुवै जनाको शव साँझ फेला पारिएको हो ।
नवलपरासीको गैँडाकोट नगरपालिका–१० बस्ने १९ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका १५ वर्षीय विकास विक नदीमा डुबेर बेपत्ता भएका थिए ।
चारजना सँगै नुहाउन गएकामध्ये दुईजना भने सकुशल फर्किएका भए पनि दुईजना नदीमा डुबेका थिए । रासस
प्रकाशित मिति: 2014-10-01 09:43:43