पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज साँझ यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दमक नगरपालिका–१० निवासी ३८ वर्षीय मिलन आङ्दाङ्वे रहेका छन्।
विर्तामोडमा भएको लिम्बुवान एकता तथा आन्दोलन घोषणा सभामा सहभागी भएर फर्कने क्रममा को१७प १८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई कन्काइ पुलमा पश्चिमबाट पूर्वतर्फ आँउदै गरेका बा३ख ९७९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट आङ्दाङ्वेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। बस र चालकलाई भने प्रहरी चौकी सुरुङ्गाले नियन्त्रणमा लिएको छ। रासस