दलित युवकसँग छोरीको विवाह हुने पक्का भएपछि माइतीपक्षले छुटाउन प्रयास गरेका छन्।
स्याङ्जा जिल्लाको अलामदेवी–५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल विक र अलामदेवी–१ की २० वर्षीया रेखा पाण्डेबीच विवाह गर्ने सहमति भएपछि त्यसलाई छुटाउन माइतीपक्ष पाल्पा आएका छन्।
केटापक्षले छोरीलाई अपहरण गरी लगेको भनी माइतीपक्षले स्याङ्जाको जयपति इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेको थियो।
केटाकेटीको जोडी पहिला बुटवलको फूलबारीमा विवाह गर्ने योजनामा रहेकामा अहिले पाल्पाको अमरनारायणमा विवाह गर्ने तयारीमा रहेका छन्। रासस