अठार वर्षदेखि डोजर चलाउँदै आएकी गोरखा बोर्लाङ–४ को मुना घिमिरे (श्रेष्ठ) लाई हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घले शुक्रबार सम्मान गरेको छ।
सङ्घको देउराली गाविसस्थित अबुँवामा शुक्रबार भएको तेस्रो अधिवेशनको अवसरमा चालक घिमिरेलाई सम्मानपत्रबाट सम्मान गरिएको हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष सूर्य भण्डारीले जानकारी दिए।
गोरखाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका निवर्तमान जिल्ला अध्यक्ष फणीन्द्र भट्ट र केन्द्रीय अध्यक्ष ताराबहादुर कुँवरले संयुक्तरुपमा उनलाई सम्मान गरेका हुन्।
घिमिरे १६ वर्ष हुँदा डोजर चलाउन थालेकि थिइन्। त्यो बेला नेपालका अन्य महिलाले डोजर चलाउने अनुमतिपत्र लिएका थिएनन्। रासस