तानसेन नगरको फोहर व्यवस्थित गर्नका लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल्ड साइड मापदण्ड विपरीत निर्माण भएकोले सञ्चालनमा आउन सकेको छैन ।
नगरपालिकाले करिब रु तीन करोड लगानीमा तानसेन सेतीपोखरीस्थित ल्याण्डफिल्ड निर्माण कार्य पूरा गरे पनि स्थानीयले मापदण्डअनुसार निर्माण नभएको भन्दै बन्द गराएका हुन् ।
साइट सञ्चालनका लागि नगरपालिकाले समन्वय गरे सहजीकरणका लागि आफूहरु तयार रहेको पूर्व नगरपालिका नगरप्रमुख अशोककुमार शाहीको भनाइ छ ।
तानसेन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले विगतमा साइट निर्माण र सञ्चालनमा केही प्राविधिक समस्या भएको स्वीकार गर्दै आफूहरु स्थानीयवासीको समन्वयमा व्यवस्थित रुपमा कार्य सञ्चालन गर्ने बताए।
सेनेटरी ल्याण्डफिल्ड साइट व्यवस्थापन र स्थानीय २५ बुुँदे मागका विषयमा समन्वय गर्न वडावासी र सर्वदलीय संयन्त्रको सहभागितामा गठन भएको समन्वय समितिका अध्यक्ष विष्णुबहादुर कार्कीको भनाई रहेको छ ।
नगरपालिकाले मापदण्डअनुसार काम गर्न पनि नसक्ने, फोहर व्यवस्थित गर्नका लागि पटकपटक आग्रह गर्दा नसुनेपछि साइट बन्द भएको स्थानीयको भनाइ छ ।
पाल्पामा दैनिक पाँच टन बढी फोहर उत्पादन हुँदै आएको छ । उक्त फोहर विसर्जनका लागि तानसेनसाइट निर्माण सम्पन्न गरी २०६९ असोज २५ गतेदेखि स्थानीयवासीको शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीलगायतका मागमा सहमति जनाएपछि फोहर विसर्जन कार्य सुरु भएको करिब एक वर्ष नबित्दै सो साइट बन्द भएकोे थियो । रासस