राजधानीमा शुक्रबारदेखि चारदिने साहित्य मेला ‘एनसेल नेपाल लिटरेचर फेस्टिबल' को चौथो संस्करण सुरु भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना चार दिन चल्ने फेस्टिबलमा नेपालका विभिन्न लेखक, साहित्यकार तथा पत्रकारसहित विभिन्न देशका साहित्यकारको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सवमा भारतका पूर्वमन्त्री शशि थरुरको पनि सहभागिता रहने आयोजकले बताएको छ। महोत्सवमा कला तथा साहित्यका विभिन्न पक्षमा विचारविमर्श हुनेछ।
पहिलो दिनको उद्घाटन साहित्यकार वानिरा गिरीले गरेको कार्यक्रममा समाजशास्त्री चैतन्य मिश्रले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।
मेलाको पहिलो सत्रअन्तर्गत शुक्रबार ‘कसरी बन्ला नेपाल?' मा सञ्चारकर्मी सुशील शर्माले गरेको सहजीकरणमा राजनीतिक चिन्तक प्रदीप गिरी, सिके लाल र योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले आफ्ना विचार राखेका थिए।
मेलामा ‘कतिको उत्तरदायी सोसियल मिडिया?' शेसनमा पत्रकार प्रतीक प्रधान, रजनीश भण्डारी र समाजशास्त्री सञ्जीव पोखरेलसँग पत्रकार नारायण अमृतले छलफल चलाएका थिए।
यस्तै शुक्रबारै भएको ‘नारायणगोपल युग' का बारेमा गीतकार नगेन्द्र थापा र विश्वम्भर प्याकुरेलसँग संगीतकर्मी आभासले कुराकानी गरेका थिए।
किताबहरु हेर्दै एक बौद्धमार्गी।
कसरी नेपाल बन्ला? कार्यक्रमका वक्ताहरु सीके लाल, स्वर्णिम पाण्डे र प्रदीप गिरी साथमा प्रस्तोता सुशील शर्मा।
एनसेल साहित्यिक मेलामा आएकी एक बालिका साथमा उनको अभिभावक।
एनसेल साहित्यिक मेलामा अमेरिकन पुस्तकालयले राखेको बुक बस।
एनसेल साहित्यिक मेलामा कार्यक्रम तालिका हेर्दै दुई साथी।