म्यादीबाट पोखरा विरामी लिएर आउँदै गरेको एम्बुलेन्स र माइक्रोबस ठोकिँदा दुई जनाको मुत्यु भएको छ।
ध१च १९० को एम्बुलेन्स र पोखराबाट बाग्लुङ्गका लागि जादै गरेको ग१ख ३१४३ नम्बरको माइक्रोबस ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कास्कीको धम्पुस गाविस १ घट्टेखोलामा ठोकिदा एम्बुलेन्समा सवार दुई जनाको मुत्यु भएको हो।
मृत्यु हुनेमा म्याग्दी घारा ३ का ८२ वर्षीय लालमती गवुर्जा मगर र उनकै छोरा ४५ वर्षिय दिलबहादुर गवुर्जा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।