विश्व सरसफाई दिवसको अवसरमा क्लिन अप नेपालले भोलि एक दिन देशव्यापी रुपमा बृहत्त सरसफाई अभियान सञ्चालन गर्ने भएको छ।
शुक्रबार क्लिन अप नेपाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्व सरसफाई दिवसको अवसर पारेर आफूहरुले हरित क्रान्तिमा सहभागी होऔं, सामूदायिक प्रदुषणलाई रोकौं भन्ने मूल नाराका साथ यही असोज ४ गते काठमाडौंको कालमोचनबाट अभियानको उद्घाटन गर्ने जानकारी दिएको छ ।
क्लिन अप नेपालकी संस्थापक तथा अन्र्तराष्ट्रिय संयोजक डा. नीलम प्रधानाङ्गले सरसफाई अभियानले कसरी वर्षभरि नै सफाई गर्न सकिन्छ भन्ने छलफलको शूरुवातका लागि आफैहरुको अभियानले उत्प्रेरकको काम गर्ने विश्वास व्यक्त गरेकी छन्।
संस्थाका प्रतिनिधि द्धय कमल राना तथा आशिष खनालका अनुसार भोलि हुने एक दिवसीय सरसफाई अभियान देशभरिका करिव ७० वटा शहरमा एक साथ सरसफाईको अभियान सूचारु गरेर सन्देश फैलाउन आफ्नो संस्थाले पहल गर्ने जानकारी दिएका छन्।
रानाका अनुसार बृहत्त सरसफाईको उद्घाटन भने नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाईटले गर्नेछन्। उद्घाटन भने भोलि बिहान ७:०० बजे हुने छ।