साथीसंँग काठ बोक्न गएका ईलाम महमाईका एक युवाको भीरबाट लडेर ज्यान गएको छ। स्थानीयबासीले भीरबाट लडेर ज्यान गुमाएका सन्जीव खाती (बिक)को भिर बाट लडेर नभई हत्या भएको हुन सक्ने अनुमान गरेका छन।
मृतकका आफन्त ज्ञानेन्द्रवाहादुर विकले प्रहरीको अनुसन्धान र चिकित्सकको पोस्टमार्टम रिपोर्ट नआई केहि भन्न नसकिने बताए।
आइतवार साँझ महमाईको बन क्षेत्रमा अवैध रुपमा कटान भएको चिरान काठ बोक्न गएका ईलाम महमाई ९ लोसेका १७ वर्षीय बिकको भिर बाट लडेर ज्यान गएको प्रहरी चौकी महमाईले जनाएको छ।
प्रहरीले मृतक बिकको टाउको फुटेको, आँखाबाट रगत बगेको र ढुँगाले थिचिएको अवस्थामा सोमबार साँझ शव फेला परेेको जनाएको छ।
बिकसँगै चिरान काठ बोक्न गएका अन्य ९ जनाले प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएको ईलाका प्रहरी कार्यलय मंगलवारेका प्रहरी नायव निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।
यसैबीच प्रहरीले घटना सम्बन्धि सूचना दिने ९ जनाको युवाको समुह फरार भएको जनाएको छ। प्रहरीले उनीहरु डर या अन्य कुनै कारणले फरार भएको हुन सक्ने बताएको छ।