जापनिज इन्सेफलाइटिसका कारण मोरङमा थप तीनजनाको मृत्यु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्सव पोखरेलका अनुसार उत्तरी मोरङको उर्लावारी–१ की ४४ वर्Èीया कमला भण्डारी, उर्लावारी–३ का ४ वर्षीय उजिर धामी र ८६ वर्षीय दलबहादुर
श्रेष्ठको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ।
मोरङमा यो रोगले मर्नेको सङ्ख्या नौ पुगेको छ। मृत्यु हुनेमा तीन महिला छन्।
बर्खायामको सुरुआतसँगै देखापरेको इन्सेफलाइटिसले लेटाङमा चार, उर्लावारी तीन र पथरीमा दुईजनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयले इन्सेफलाइटिसबाट बच्न रोग प्रभावित क्षेत्रमा अौषधी छर्कनुका साथै पोस्टर, पम्पप्लेट तथा माइकिङ गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गर्न थालेको छ। रासस