भक्तपुरमा जर्वजस्ती चोरीपछि झण्डै २ वर्ष जेलको फैसला पाएका विभिन्न ठेक्कापट्टामा आवद्ध संखुवासभाका थमन गुरुङलाई धरान प्रहरीले पक्राउ गरेको छ।
उनी फैसलापश्चात फरार रहेका अपराधी गुरुङलाई धरान १० स्थित राँगाचोक आसपासबाट प्रहरीले सोमबार साँझ फेला पारेको हो। गुरुङ संखुवासभा नुनढाँकीका भए पनि हाल धरान १९ मा बसोबास गर्दै आइरहेका थिए। उनले २०५६–०५७ सालतिर जर्वजस्ती चोरी गरेको अभियोग लागेको थियो भने उनलाई भक्तपुर जिल्ला अदालतले २०६१ मंसिर २२ गते फैसला सुनाएको थियो।
उनलाई १ वर्ष ८ महिना २६ दिनको कैद सजाय तोकेको थियो। पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालयमार्फत अदालतमा पेश गर्दै भक्तपुर पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताएका छन्। तर, यस अघि उनी धरानमा खुलेआम रुपमा हिड्दथे।
उनी धरान बसेरै संखुवासभामा हुने ठूलादेखि साना ठेक्कापट्टामा प्रत्यक्ष संलग्नता रहेको बुझिएको छ। एसएसपी मिङ्मार लामाका नजिकका पात्र मानिएका उनले २०६६ सालमा धरानका पत्रकार लिला घिमिरेलाई आक्रमण गरेको आरोप लागेको थियो। त्यसबेला पनि उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि कुनै कदम चालेको थिएन्। त्यसबेला एसएसपी मिङ्मारको सवत्र विरोधसमेत भएको थियो।
उनलाई रागाचोकमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। फरार अभियुक्तहरुको फायल खुल्ने क्रममा थमनको पनि पहिलो लिष्टमा नाम चढेको एक प्रहरी स्रोत बताउँछ। महानगरीय प्रहरी परिषर भक्तपुरले जिल्ला अदालतले गरेको फैसलाको लेखापढीको आधारमा उनी यहाँ पक्राउ परेका हुन्।
उनलाई आजै जिल्ला चलान गर्ने तयारी भएको छ। त्यहाबाट सिधै उनी भक्तपुर पुग्नेछन्। 'फैसला भइसकेको मुद्दा भएकाले सिधै भक्तपुर लगेर जेल चलान हुन्छ। डिएसपी थापाले भने।