नारायणी अञ्चल प्रहरी कार्यालयले भारतको रक्सौलबाट तस्करी गरी वीरगन्ज तर्फ ल्याइरहेको २० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सोमबार विहान तस्करहरुले ११ वटा साइकलमा लोड गरि रक्सौलबाट ल्याइरहेको अवस्थामा वीरगन्ज उपमहानगरपालिका बडा नम्बर १९ स्थित इनहर्वा गाँउबाट प्रहरीले सो मुल्य बराबरको कपडा बरामद गरेको हो ।
सिमावर्ती सहर रक्सौलबाट साइकलमा तस्करीको कपडा आइरहेको विशेष सुचनाको आधारमा नारायणी अञ्चल प्रहरी कार्यालयबाट खटेको टोली इनर्वा गाँउमा पुग्दा तस्करहरुले कपडा सहित साइकल छाडी भागेको नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले बताए ।
दशै आइरहेकोले तस्करी नियन्त्रणको लागी नारायणी अञ्चल प्रहरी कार्यालयले राजश्व चुहावट तथा तस्करी नियन्त्रणको लागी सुरु गरेको छ ।