प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले अदालतको अधिकार क्षेत्रका विषयमा विवाद आएकाले संवैधानिक दायित्व निर्वाह गर्नमा सर्वोच्च अदालतलाई अलमल्याउने प्रयास भएको आरोप लगाएका छन् ।
प्रशासकीय अदालतको २८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममाउनले संविधान बन्ने क्रममा जहिले पनि अदालत नै विवादमा आउने गरेको उल्लेख गरे । अदालतको आदेशमाथि टिका टिप्पणी हुन थाले न्यायिक स्वतन्त्रतालाई कमजोर बनाउँछ भन्दै प्रधानन्यायाधीश शर्माले नागरिक अधिकार संरक्षणका लागि सर्वोच्च अदालतको विकल्प खोज्ने की यसलाई नै सशक्त बनाउने हो भनी प्रश्न गरे ।
न्यायाधीश नियुक्ति प्रक्रियामा विवाद भए अन्तर्राष्ट्रियस्तरमा प्रचलित मान्य सिद्धान्त अवलम्बन गर्न, संवैधानिक अदालत बनाउँदा सर्वोच्च अदालतको भूमिका के हुने हो स्पष्ट पार्न, नागरिक अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा स्पष्ट हुन पनि उनले सुझाव दिए । रासस