प्रधानमन्त्री तथा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति सुशील कोइरालाले जीवराज पोखरेललाई प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट प्रेसित प्रेस विज्ञप्ति अुनसार, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र वातावरण मन्त्रालयका सचिव सम्मिलित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री कोइरालाले पोख्रेललाई ४ वर्षको कार्यावधिका लागि नियुक्त गरेका हुन। विज्ञान, प्रविधि र वातावरण मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री कोइराला स्वयंले सम्हालिरहेका छन।
प्रकाशित मिति: 2014-09-01 17:33:33