इटहरी नगरपालिका–२ बस्ने ८८ बर्षीया राममाया राईको घरमा जंगली हात्तीले घरको गारो भत्काउदा थिचिएर मृत्यु भएको छ। उनको १३ वर्षीय नाति बिक्रम राई सामान्य घाइते भएका छन्। हात्तीको आक्रमणबाट करीव ५० हजार रुपैया बराबरको धनमाल समेत क्षति भएको बताइएको छ। आइतबारराती हात्ती गाउँमा छिरेपछि स्थानीय त्रसित भएका छन्।
प्रकाशित मिति: 2014-09-01 17:04:57