आफ्नै बाबुलाई हसियाँ प्रहार गरी मारेको अभियोगमा खिलुंग देउराली–२ बस्ने ५३ बर्षीय खड्क बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले सोमबार बिहान ६ बजे घरयासी विवादमा ८४ बर्षीय बाबु कर्ण बहादुर सार्कीलाई हसियाँ प्रहार गरी हत्या गरेका थिए । प्रहरीले शव जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ । साथै यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान गरिरहेको छ।