नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। कर्मचारी विनियमावली संशोधन गर्नु पर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
नेपालवित्तिय संस्था कर्मचारी संघले सोमबार गभर्नरडा.युवराज खतिवडा तथा डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र महाप्रसादअधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। खतिवडाले कर्मचारी विनियमावली संशोधनको मागलाई बेवास्ता गरेकोकर्मचारीहरुको आरोप छ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल वित्तियसंस्था कर्मचारी संघमा आवद्ध बैंकका कर्मचारीहरुले गभर्नर डा. खतिवडामाथिबैंकको शाख गिराउने क्रियाकलाप गरेको लगायतका आरोप लगाएका छन्। गभर्नर डा. युवराज खतिवडा नेकपा एमालेनिकट हुन् ।