इलामको जोगमाई–९ की ५१ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मती महिलालाई जबर्जस्ती करणी गर्ने सोही स्थानका ५५ वर्षीय महेन्द्र भण्डारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले सोमबार पक्राउ गरेको हो। भण्डारीलाई प्रहरीले जबर्जस्ती करणी गर्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको प्रहरी निरीक्षक ईश्वर थापाले बताए।
भण्डारीले गत भदौ ८ गते ती महिलालाई करणी गरेको प्रहरीले बताएको छ । करणीपछि पीडितले शुक्रबार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। भण्डारीलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस