मोरङ जिल्लाको मधुमल्ला गाविस जनज्योति सामुदायिक वन छेउ ढेडु खोलाको किनारमा सोमबार बिहान बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मधुमल्ला–९ जनज्योति सामुदायिक वन छेउको खोलाको किनारमा बेवारिसे अवस्थामा एम २०३ हतियारमा प्रयोग हुने ४० एमएमको ग्रिनेट (बम) एक थान फेला परेको हो । उक्त बम निस्क्रिय पार्न नेपाली सेनामा बुझाउने प्रहरीले बताएको छ । रासस
प्रकाशित मिति: 2014-09-01 14:33:29