काभ्रेपलाञ्चोकमा चट्याङबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको महाभारत शृङ्खालापारीको गोकुले गाविस–३ मा बुधबार चट्याङ पर्दा २६ वर्षीया मख्खी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
महाभारत शृङ्खलापारीका गाविस चट्याङका दृष्टिकोणले उच्च जोखिमको क्षेत्र मानिन्छ । यसअघि पनि गत जेठ अन्तिम साता सो क्षेत्रमा चट्याङ पर्दा एकैपटक चार जनाको मृत्यु भएको थियो । रासस
प्रकाशित मिति: 2014-08-28 13:23:50