हामी सबैको मस्तिस्कमा तीज भन्नासाथ खाली पेट, नाचगान र भगवान शिवको आराधना भन्ने थाहा हुन्छ। हामी छोरा मान्छेको त कुरै नगरौ, पहिले पहिले श्रीमानले पनि श्रीमतीले तीजको व्रतमा सहयोग गरिदिन्थे होला तर आजकाल कसलाई फुर्सद छ र ? अझ पनि आस्थामा मन टिकाइ राख्न।
धन्य नेपाली चेलीहरू यो कलियुगमा पनि आफ्नो आस्था र विश्वास तोडेका छैनन्। आफ्ना श्रीमान वा भावी श्रीमानको लागि कठोर व्रत बसिरहेका छन्।
पुरुष र स्त्री समान बनाउनु पर्छ भनेर हिँडेको अहिलेको समाजले पछि कुनै दिन महिलाका लागि यसरीनै पुरूषले पनि निराहार ब्रत बस्ने वातावरण मिलाउला? तर, धन्य छन् जो निराहर ब्रत बसेर रातो पहिरनमा सजिएकी दिदीबहिनीहरु र आफ्नो ईच्छा मारेर देशका लागि बसेकी ती प्रहरी दिदीबहिनीहरु।
तपाईहरु सबलाई तीजको शुभकामना।