काभ्रेपलाञ्चोक जिल्लामा आज बेवारिसे सकेट बम फेला परेको छ ।
जिल्लाको शिरआम्बोटे गाविस–८ स्थित नारायणटारमा बासको घारीमा सो बम फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बाँस काट्न गएको अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको धुलिखेलस्थित खड्ग दल गणको प्राविधिक टोलीले निष्क्रिय गराएको छ ।
प्रहरीले द्वन्द्वकालमा सो बम राखिएको हुन सक्ने अनुमान गरेको छ । रासस
प्रकाशित मिति: 2014-08-27 18:54:43