छोरीसँग झगडा गर्न आएकी एक छिमेकी महिलालाई छुट्याउने क्रममा कुहिनोले लाग्दा एक वृद्धा महिलाको मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र ३ पुर्नवासकी तारा र गीता मगरलाई एसु राईले मंगलबार बिहान घरमै हातपात गरेकी थिइन्। त्यही क्रममा तारा र गीताकी ६० वर्षीया आमा ज्ञानुमाया मगरलाई छुट्याउने क्रममा कुहिनाले लागेको थियो। त्यसपछि गाउवासीहरु त्यही झगडालाई लिएर छलफलमा बसेका थिए।
छलफलकै क्रममा उनी केही क्षणपछि बेहोसजस्तो बनेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै चतरा प्रहरी चौकीका प्रमुख असई धनबहादुर श्रेष्ठले बताए।
छलफलमा मिलापत्र गर्ने प्रयास गरे पनि नमिलेपछि साँझ उनी एक्कासी थप गम्भिर भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लाने क्रममा मृत्यु भएको असई श्रेष्ठले बताए। 'कुहिनाले कोखामा ठोक्किएको थियो भनेर प्रत्यक्षदर्शीहरु भन्छन्।' उनले भने।
मृत्यु भएपछि प्रहरीले एसु राई, निलु राई र पवित्रा राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। तर, अहिलेसम्म पनि झगडाको मूख्य कारण बारे मुख नखोलेको प्रहरीले बताएको छ। उनीहरु सवैको पति बैदेशिक रोजगारीमा छन्। मृतक मगरको पनि उच्च रक्तचापकी रोगी हुन्।
कुहिनाले ठोक्किएरै मृत्यु भएको हो होइन् भन्ने कुरा शवको पोष्टमार्टमको लागि बीपी लगिएकाले यसै भन्न नसकिने अवस्था रहेको असई श्रेष्ठ बताउँछन्। इलाका प्रहरी कार्यालय चक्रघट्टीमा राखिएको छ।