भारतको राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवको बुधबार मुटुको दुइटा महत्वपूर्ण शल्यक्रिया भएको छ। एओर्टिक भल्व फेर्ने र एओर्टाकको उपचार गर्ने दुउटा शल्यक्रिया मुम्बईस्थित एसिएन हार्ट इन्स्टिच्यूटमा भएको छ।
लालु यादवको शल्यक्रिया बुधबार बिहान सुरु भएको अस्पतालका एक प्रवक्ताले जानकारी दिए। उनी मुटुसम्बन्धी रोगले केही दिनयता उक्त अस्पतालमा भर्ना भएका थिए। शल्यक्रियामा पाँच घन्टा लाग्ने अस्पतालका मेडिकल निर्देशक विजय डिसिल्भाले मंगलबार जनाएका थिए।
विधानसभा निर्वाचनमा लालु यादवसँग मिलेर १० सिट जितेका जनता दल युनाइटेडका नेता नीतिशकुमारले बुधबार नै मुम्बईमा लालु यादवलाई भेट्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लालु यादवको शिघ्र स्वास्थ्यलाभको कामना र उनको सुस्वास्थ्यका लागि प्रार्थना गरेको ट्विटरमार्फत जनाएका छन्।