साथीसँग पौडी खेल्न गएका एक बालकको मंगलबार डुबेर ज्यान गएको छ। कन्काई नगरपालिका ८ का १३ वर्षीय रामबहादुर बिकको स्थानीय घाग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दिउँसो पौडी खेल्ने क्रममा खोलाको ह्युम पाईपमा अड्कीएको अवस्थामा उनको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।